गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

काठमाडौ ।  नेकपा एमालेले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको गम्भीर जिम्मेवारीसँग जोडिएको विषय भएको बताइन्।

उनले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन्। सांसद सुब्बाले राज्यले लागू गर्ने ट्राफिक जरिवानालगायतका नीतिहरू नागरिकमैत्री छन् वा छैनन् भन्ने विषयमा पनि सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिन्।

उनले गणेश नेपालीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राज्यका निर्णय र सेवाले नागरिकको जीवनमा पार्ने प्रभावबारे आत्मसमीक्षा गर्न आग्रह गरिन्। साथै, घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिन्।