गणेश नेपालीको मृत्युपछि हर्क साम्पाङको आक्रोश, सरकारको आलोचना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले गणेश नेपालीको मृत्युको घटनाप्रति आक्रोश व्यक्त गर्दै सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी भाषामा प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, “राक्षसको सत्ता हुँदा जीवन सकिन्छ।” त्यसअघि अर्को पोस्टमार्फत साम्पाङले अघिल्लो र वर्तमान सरकार दुवैको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
“गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?” उनले सामाजिक सञ्जालमा लेखेका छन्। गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता, सांसद तथा सर्वसाधारणले सरकारको भूमिकाबारे टिप्पणी गर्दै आएका छन्।







