फिफा विश्वकप २०२६: सेमिफाइनल समीकरण पूरा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इंग्ल्यान्ड भिड्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of फिफा विश्वकप २०२६: सेमिफाइनल समीकरण पूरा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इंग्ल्यान्ड भिड्ने

काठमाडौ । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ।

आइतबार बिहान सम्पन्न अन्तिम दुई क्वार्टरफाइनलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो। आइतबार बिहान भएका खेलमा जित निकाल्दै इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरे। अब दोस्रो सेमिफाइनलमा यी दुई टोली आमनेसामने हुनेछन्।

इंग्ल्यान्डले एक गोलले पछि परेको अवस्था उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गरेको थियो। यस्तै, अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्‍यो।

यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका थिए। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो। स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

रोचक पक्ष के छ भने, सेमिफाइनल पुगेका चारै टोली पूर्व विश्वविजेता हुन्। अर्जेन्टिना तीन पटक, फ्रान्स दुई पटक तथा इंग्ल्यान्ड र स्पेन समान एक–एक पटक विश्वकपको उपाधि जितिसकेका छन्। यस्तै, चारै सेमिफाइनलिस्ट फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका टोली हुन्। अर्जेन्टिना शीर्ष स्थानमा छ भने स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेको छ।

नर्वे र स्विट्जरल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएसँगै यस संस्करणमा नयाँ विश्वविजेता बन्ने सम्भावना पनि समाप्त भएको छ। पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालासमा प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ।

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड असार ३२ गते (बिहीबार) अमेरिकाको एटलान्टामा भिड्नेछन्। यो खेल पनि नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ। सेमिफाइनलका विजेता टोलीबीच साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा विश्वकपको फाइनल खे