मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ चौथो दिन पनि जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ चौथो दिन पनि जारी

काठमाडौ । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको ‘पैदल न्याय मार्च’ आज चौथो दिन लालबन्दीबाट काठमाडौंतर्फ अघि बढेको छ।

राज्यको ध्यानाकर्षण गराउँदै आफ्ना हकअधिकार सुनिश्चित गराउने उद्देश्यसहित सुरु गरिएको यो यात्रा काठमाडौं नपुग्दासम्म नरोकिने आयोजकहरूले बताएका छन्। न्यायको खोजीमा निस्किएका सयौं पीडितले ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागिता जनाएका छन्।

उनीहरू प्रत्येक दिन करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्। आयोजकका अनुसार सरकारले मिटरब्याज पीडितसँग चार पटक सहमति गरे पनि ती सहमति कार्यान्वयन नगरेकाले पुनः दबाब सिर्जना गर्न काठमाडौंसम्म पदयात्रा गर्नुपरेको हो।

उनीहरूले करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्य राखेका छन्।