भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर नेपाल आउँदै, ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर नेपाल आउँदै, ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुने

काठमाडौ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउने भएका छन्।

दुई देशबीचको ऊर्जा तथा जलस्रोतसम्बन्धी संयन्त्रको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। महावर जुलाई १३ मा नेपाल आउने कार्यक्रम रहेको छ। उनी भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुखसमेत हुन्, जसले चीन, नेपाल र भुटानसम्बन्धी विषय हेर्छ।

नेपाल भ्रमणका क्रममा महावरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले नेपाल–भारत ऊर्जा तथा जलस्रोतसम्बन्धी संयुक्त समिति (जेएससी) र संयुक्त कार्यदल (जेजीबीडी) को बैठकमा सहभागिता जनाउनेछन्।

ऊर्जा तथा जलस्रोतसम्बन्धी संयन्त्रको बैठक जुलाई १४ र १५ तारिखमा आयोजना हुने तय भएको छ। बैठकमा दुई देशबीच ऊर्जा सहकार्य, जलस्रोत र आपसी हितका विषयमा छलफल हुने बताइएको छ।