गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति (सहमती पत्र सहित)

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति (सहमती पत्र सहित)

काठमाडौ । आत्मदाहपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ।

सरकार र मृतकका परिवारबीच भएको वार्तापछि विभिन्न माग तथा राहतका विषय समेटेर नौबुँदे सहमति गरिएको हो। सहमतिपछि परिवारले आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाइएको छ। सरकारका प्रतिनिधि र परिवारबीच लामो छलफलपछि सहमति जुटेको हो।

यसअघि गणेश नेपालीको मृत्युको घटनालाई लिएर निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुपर्ने माग उठ्दै आएको थियो।