वर्षाको जोखिमपछि बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीका अनुसार रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
उनले सडक अवस्था सुरक्षित रहेको पुष्टि भएपछि पुनः सवारी सञ्चालन गरिने जानकारी दिए। प्रहरीले यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न, सतर्कता अपनाउन र सडकको अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
आपतकालीन अवस्थामा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।







