गणेश नेपालीको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार काठमाडौंस्थित पश्पति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। आइतबार पीडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएपछि उनको शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो।
नेपालीले राहदानीसम्बन्धी कामका क्रममा भोग्नुपरेको समस्याप्रति असन्तुष्टि जनाउँदै बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो।
सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार घटनाको छानबिन, पीडित परिवारलाई राहत उपलब्ध गराउनेलगायत विषयमा सहमति भएपछि सोमबार उनको अन्त्येष्टि गरिएको हो।







