विशेष अदालतद्वारा विष्णु पौडेलको हिरासत अवधि पुनः तीन दिन थप

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष अदालतद्वारा विष्णु पौडेलको हिरासत अवधि पुनः तीन दिन थप

काठमाडौ ।  विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि हिरासत अवधि पाँचौँ पटक थप गरेको छ।

सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान जारी राख्दै आएको छ।

उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसयता विभागले विशेष अदालतबाट पटक–पटक म्याद लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले यस विषयमा अदालतले अन्तिम फैसला भने गरिसकेको छैन। दोष वा निर्दोषताको टुंगो अनुसन्धान पूरा भई अदालतमा मुद्दाको सुनुवाइपछि मात्र लाग्नेछ।