मेरो मुख थुन्न खोजिएको होः सभापति थापा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पुरानो घरअगाडि गाडी राखिएको घटनाप्रति आपत्ति जनाउँदै यसमा प्रशासनको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।
पार्टीको एक कार्यक्रममा बोल्दै थापाले आफ्नो पहिलेको घर रहेको स्थानमा बिहान करिब ७ बजे दुई जना व्यक्तिले गाडी राखेर प्रशासनको गाडीमा फर्किएको जानकारी स्थानीयबाट प्राप्त भएको बताए। उनका अनुसार उक्त स्थानमा अहिले उनको बसोबास छैन।
थापाले यो घटना सरकारप्रति प्रश्न उठाउने आवाज दबाउने प्रयास भएको आरोप लगाए। उनले सरकार आलोचना सहन नसकेको भन्दै लोकतान्त्रिक व्यवस्थामा प्रश्न गर्ने अधिकार सुरक्षित रहनुपर्ने बताए। उनले यस्ता गतिविधिले आफूहरूको अधिकार वा हिम्मत कमजोर नपार्ने उल्लेख गर्दै आवश्यक परे सरकारको आलोचना गर्न कांग्रेस पछि नहट्ने बताए।
साथै, घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे।







