नेपाली बजारमा सुन–चाँदीको मूल्य पुनः घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य पुनः घट्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघिको दिनको तुलनामा सोमबार पनि सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। सोमबार प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँ घटेर चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुन प्रतिऔंस चार हजार २४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव र विनिमय दरको प्रभावले नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।