प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबारको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी दिए। आजको बैठकमा तीन वटा संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन सदनमा पेस गरिएको थियो।
साथै, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले विभिन्न समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। निर्धारित कार्यसूची सम्पन्न भएपछि सभामुख अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन्।







