अस्थायी र करार कर्मचारीको धर्ना, सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा प्रदर्शन

User Image Prime TV News १ हप्ता अगाडि
Image of अस्थायी र करार कर्मचारीको धर्ना, सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा प्रदर्शन

काठमाडौ । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीको विरोध गर्दै कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयअगाडि धर्ना दिएका छन्।

सरकारले अस्थायी र करारमा कार्यरत कर्मचारीको सट्टा आउटसोर्सिङ प्रणालीमार्फत सेवा सञ्चालन गर्ने नीति अघि बढाएपछि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। मंगलबार सबै मन्त्रालयका अस्थायी तथा करार कर्मचारीहरू अर्थ मन्त्रालयको मूलद्वारमा भेला भएर प्रदर्शन र नाराबाजी गर्दै सेवा निरन्तरताको माग गरेका छन्।

प्रदर्शनकारीहरूले वर्षौंदेखि राज्यको सेवामा काम गर्दै आएका कर्मचारीलाई हटाउने निर्णय अन्यायपूर्ण भएको भन्दै आफ्नो रोजगारी सुरक्षित गर्न सरकारसँग माग गरेका छन्। सरकारले खर्च कटौती र प्रशासनिक सुधारको नीतिअनुसार अस्थायी तथा करार कर्मचारीको संख्या घटाउने तयारी गरिरहेको छ।

त्यसको विरोधमा कर्मचारीहरूले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।