अमेरिकाको इरानमाथि नयाँ हवाई आक्रमण, ट्रम्पको चेतावनी– ‘राम्रो व्यवहार गर्नुपर्छ’

User Image Prime TV News ५ दिन अगाडि
Image of अमेरिकाको इरानमाथि नयाँ हवाई आक्रमण, ट्रम्पको चेतावनी– ‘राम्रो व्यवहार गर्नुपर्छ’

काठमाडौ । अमेरिकाले बुधबार साँझ इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै ‘राम्रो व्यवहार गर्नुपर्ने’ बताएका छन्। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार आक्रमणमा इरानका सैन्य कमान्ड सेन्टर, हवाई प्रतिरक्षा अड्डा, मिसाइल तथा ड्रोनसम्बन्धी संरचना र तटीय निगरानी केन्द्रलाई निशाना बनाइएको थियो। सेन्टकमले सैन्य कारबाही सम्पन्न भइसकेको जनाएको छ।

अमेरिकाले यी आक्रमणको उद्देश्य स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने व्यापारिक जहाज र तिनका चालक दलमाथि इरानबाट हुन सक्ने जोखिम कम गर्नु रहेको जनाएको छ। यसअघि इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको थियो।

यसैबीच इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाकर गालिबाफले सम्झौताबाट लाभ नहुने अवस्थामा इरानले त्यसलाई स्वीकार नगर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए थप पूर्वाधारमा आक्रमण हुन सक्ने चेतावनी दोहोर्याउँदै इरानले सम्झौता गर्न चाहे पनि अब त्यसबारे निर्णय अमेरिकाले गर्ने बताएका छन्।