एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय घातक : भीम रावल
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
उनले यस्तो निर्णय नेपालको भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको बताएका छन्। सरकारले गत ३२ असारमा बसेको मन्त्रिपरिषद् बैठकबाट एक रुपैयाँको सिक्कामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय गरेको बताइएको छ ।
उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै रावलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्। उनले यस्तो निर्णय भएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको अभिव्यक्ति दिएको प्रसंगपछि आएको अर्को गम्भीर राष्ट्रघाती कदम हुने दाबी गरेका छन्।
उनका अनुसार यसले नेपालको भौगोलिक अखण्डतासम्बन्धी विषयमा प्रश्न उठाउने अवस्था सिर्जना गर्छ। रावलले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारले जनतालाई वास्तविकता तत्काल स्पष्ट पार्नुपर्ने माग गरेका छन्।







