वर्तमान सरकार हत्याहिंसा र आगजनीको आधारमा बनेको हो : केपी ओली

User Image Prime TV News २ दिन अगाडि
Image of वर्तमान सरकार हत्याहिंसा र आगजनीको आधारमा बनेको हो : केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको आरोप लगाएका छन्।

आइतबार एमाले संसदीय मामिला विभागले पार्टी कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको राजनीति अहिले परिभाषाविहीन, दिशाहीन र थितिविहीन अवस्थामा पुगेको दाबी गरे।

‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटाहरू हुन्छन्। तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट बनेको हो,’ ओलीले भने। उनले पछिल्लो समय नेपालको राजनीति विधि र प्रक्रियाभन्दा बाहिर सञ्चालन भइरहेको आरोप लगाए।

गत भदौ २३ र २४ पछिका घटनाक्रमले मुलुकको राजनीति दिशाहीन बनेको उनको भनाइ थियो। ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार गठन र परिवर्तन संविधान तथा कानुनअनुसार हुनुपर्ने उल्लेख गर्दै राज्य सञ्चालनमा विधि र संस्थागत प्रक्रियाको पालना आवश्यक रहेको बताए।