कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, दुई जना घाइते
Prime TV News २ दिन अगाडि 
काठमाडौ । काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आइतबार कारबाहीका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुवै जनाको घुँडामुनि गोली लागेको छ। ब्युरोका एसपी दुर्गा रेग्मीका अनुसार पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि र उनीहरूले भाग्न खोजेपछि गोली चलाउनुपरेको हो।
प्रहरीले घटनास्थलबाट लागुऔषध ट्रामाडोल बरामद गरेको जनाएको छ। कारबाहीका क्रममा पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ। घाइते दुवै जनाको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







