आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन : मौसम विभाग

User Image Prime TV News ६ घण्टा अगाडि
Image of आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन : मौसम विभाग

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले ठूलो बाढी र पहिरोको जोखिम तुलनात्मक रूपमा कम रहने देखिएको छ। उनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मौसमविद् दाहालले वर्षा हुने क्रम पछिल्ला दुई दिनको तुलनामा भोलि र पर्सी केही कम हुने अनुमान गरिएको जानकारी दिए। उनले जल तथा मौसम विज्ञान विभागले प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीमार्फत नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गरिरहेको उल्लेख गर्दै आवश्यक सूचना र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरे।