बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण प्राप्त छैन
Prime TV News ५९ मिनेट अगाडि 
काठमाडौ । बझाङमा बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः४० बजे बझाङको कोटदेवल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। यद्यपि, हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।
सुरक्षा निकाय र स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गरिरहेका छन्।







