युक्रेनी प्रधानसेनापति सिरस्की पदमुक्त, ड्रापाती नियुक्त
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गर्दै उनको स्थानमा मिखाइलो ड्रापातीलाई नियुक्त गरेका छन्।
लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर विरोध प्रदर्शन सुरु भएको केही दिनमै जेलेन्स्कीले सैन्य नेतृत्वमा पनि फेरबदल गरेका हुन्। ६० वर्षीय सिरस्कीलाई युक्रेनी सेनामा व्यापक सुधार गर्न इच्छुक नरहेको सोभियत शैलीको कमान्डरका रूपमा आलोचना हुँदै आएको थियो।
उनको स्थानमा नियुक्त ४३ वर्षीय ड्रापाती युद्ध कौशलमा अनुभवी जनरलका रूपमा परिचित छन्। नियुक्तिपछि ड्रापातीले सिरस्कीले युक्रेनी सेनालाई सुदृढ बनाउन पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका छन्। उनले, “म यही सेनामा हुर्किएको हुँ,” भन्दै सेनाको आधुनिकीकरण र सुदृढीकरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
मंगलबार अबेर सार्वजनिक गरिएको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले पनि सिरस्कीलाई उनका सैन्य अभियान र सेवाप्रति धन्यवाद व्यक्त गरेका छन्।







