नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य वृद्धि

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो।