कर्णालीमा नेकपाको निर्णय: मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

User Image Prime TV News एक घण्टा अगाडि
Image of कर्णालीमा नेकपाको निर्णय: मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौ । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावकै पक्षमा रहने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसार पार्टीले मुख्यमन्त्रीमाथि विश्वास नरहेको भन्दै यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरिसकेको भएकाले अहिले त्यसबाट पछि हट्ने अवस्था छैन।

केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ राजनीतिक समीकरण बनेको चर्चा भइरहेका बेला कर्णालीमा भने नेकपाले आफ्नो अडान परिवर्तन नगर्ने स्पष्ट गरेको छ। गत बिहीबार कांग्रेस र नेकपाले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीहरूले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन्। अब प्रदेश सभामा हुने मतदानले कर्णाली प्रदेश सरकारको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।