पेपर लिक मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरिने
Prime TV News ५१ मिनेट अगाडि 
काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) सम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरिने घोषणा गरेका छन्।
प्रधानमन्त्री मोदीले युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै पेपर लिकमा संलग्न दोषीलाई यथाशीघ्र कडा सजाय दिलाइने बताएका हुन्। उनले सम्बन्धित निकायलाई आवश्यक कानुनी प्रक्रिया र कारबाही अघि बढाउन निर्देशन दिइसकिएको जानकारी पनि दिएका छन्।
विद्यार्थीको हित सुरक्षित गर्न सरकारले निरन्तर आवश्यक निर्णयहरू लिइरहेको उल्लेख गर्दै मोदीले फास्ट ट्र्याक अदालतको व्यवस्था त्यसैको महत्वपूर्ण हिस्सा भएको बताए। उनले युवाको भविष्यसँग खेलवाड गर्ने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारे।
भारतमा पछिल्लो समय विभिन्न प्रतियोगी परीक्षा तथा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर व्यापक विरोध प्रदर्शन भइरहेको छ। यसअघि पनि भारत सरकारले पेपर लिकमा संलग्न व्यक्ति र समूहविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।







