राप्रपा–राप्रपा नेपाल एकताले सात महिनासम्म पाएन वैधता

User Image Prime TV News ३ घण्टा अगाडि
Image of राप्रपा–राप्रपा नेपाल एकताले सात महिनासम्म पाएन वैधता

काठमाडौ ।  राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच गत पुसमा भएको एकताले अझै वैधानिकता पाउन सकेको छैन।

गत पुस १६ गते भएको पार्टी एकीकरणका लागि आवश्यक कागजात र विवरण उपलब्ध हुन नसकेपछि निर्वाचन आयोगले हालसम्म एकतालाई मान्यता नदिएको हो। राप्रपाले भने दल एकीकरणसम्बन्धी निवेदन आयोगमा असार ३ गते मात्र दर्ता गराएको थियो।

आयोगले अहिले दुवै दललाई आवश्यक कागजात र विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। आयोगले साउन १ गते पठाएको पत्रमा निवेदनसँग संलग्न कागजात अध्ययन तथा जाँचबुझ गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ८ अनुसार आवश्यक विवरण अपुग देखिएको जनाएको छ।

आयोगले अपुग रहेका कागजात तथा विवरण थप उपलब्ध गराउन निर्देशन दिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र दल एकीकरणलाई वैधानिकता दिने प्रक्रिया अघि बढ्ने बताइएको छ।