अर्ग्यानिक कृषि प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : प्रधानमन्त्री शाह
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज 'अर्ग्यानिक एसोसियसन नेपाल'का पदाधिकारीसँग छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने पदाधिकारीको मागबमोजिम प्रधानमन्त्री सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
साथै, प्रधानमन्त्रीले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न पनि प्रधानमन्त्री बालेनले निर्देशन दिएका छन् ।






