नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ८०० रुपैयाँ सस्तो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
बिहीबार यही सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३५० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उतारचढाव भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार एक औँस सुन करिब ४ हजार ४५ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।







