सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध अदालतमा रिट दर्ता
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । सरकारको संघीय सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ ।
सर्वोच्च अदालतमा अधिवक्त प्रेमराज सिलवालले रिट दर्ता गरेका हुन् । सिलवालले दर्ता गरेको रिटको ११ साउनमा पेसी तोकिएको छ । सिलवालले रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सभामुखलाई विपक्षी बनाएका छन् ।
जेन–जी विद्रोहलगत्तै बनेको सरकारले स्वकीय सचिव हटाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई उल्टाएर प्रधानमन्त्री वालेन्द्र शाहले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय लिएका थिए । ४ साउनमा नेपाल राजपत्रमा सूचनासमेत प्रकाशित भएको थियो ।







