गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाको एक लाख रुपैयाँ सहयोग

User Image Prime TV News ३ घण्टा अगाडि
Image of गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाको एक लाख रुपैयाँ सहयोग

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका गणेश नेपालीको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुगुको सोरू गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो। उनको परिवारलाई सहयोगस्वरूप सभापति थापाले आर्थिक सहायता उपलब्ध गराएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गणेशको उपचारका क्रममा गत असार २६ गते निधन भएको थियो। उनको निधनपछि परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले थापाले उक्त रकम प्रदान गरेका हुन्। कांग्रेसले जारी गरेको विज्ञप्तिमा सहयोग रकमबारे जानकारी दिँदै मृतक परिवारप्रति समवेदना व्यक्त गरिएको छ।