धनगढीको कृष्ण मन्दिर व्यवस्थापनद्वारा डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह

User Image Prime TV News २ घण्टा अगाडि
Image of धनगढीको कृष्ण मन्दिर व्यवस्थापनद्वारा डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह

काठमाडौ ।  धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह गरेको छ।

धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र दिँदै धर्मशाला खाली गर्न अनुरोध गरेका हुन्। समितिले केसीलाई कुनै पूर्व जानकारीबिना अनसन सुरु गरेको भन्दै धर्मशाला छाड्न भनेको जनाएको छ।

अध्यक्ष पन्तले डा. केसी धर्मशालामा बस्नका लागि आएको भए पनि अनसन सुरु गरेको जानकारी आफूहरूलाई नरहेको बताए। धार्मिक संस्थामा अनसन बस्न दिएको विषयमा दबाब आउन थालेपछि यस्तो निर्णय गरिएको उनको भनाइ छ।

‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो। त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं,’ पन्तले भने।

यद्यपि दबाब कसबाट आएको भन्नेबारे उनले खुलाएनन्। यसअघि अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले धर्मशालामा डा. केसीलाई अनसन बस्न नदिन आग्रह गरेको बताइएको छ। व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र दिएपछि डा. केसीले वैकल्पिक स्थानबारे छलफल गरिरहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए।

उनका अनुसार डा. केसी पूर्वजानकारी दिएर नै धर्मशालामा अनसन बसेका थिए। डा. केसीले चिकित्सा शिक्षा सुधारलगायत पाँच बुँदे माग राख्दै