काठमाडौँमा एक वर्षमा २३ सय २५ साइबर ठगीका घटना
Prime TV News ५१ मिनेट अगाडि 
काठमाडौ । काठमाडौ जिल्लामा एक वर्षको अवधिमा २ हजार ३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्।
साइबर ठगीसम्बन्धी उजुरीमा तत्काल प्रतिक्रिया जनाउँदै अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले साइबर अपराध अहिले सबैभन्दा ठूलो जोखिमको क्षेत्रका रूपमा देखिएको बताए।
उनले भने, “साइबर अपराध सबैभन्दा ठूलो जोखिमको क्षेत्र भएको छ।” प्रहरीका अनुसार २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा विद्युतीय माध्यम प्रयोग गरी कुल १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट देखिएको छ।







