प्राइम टेलिभिजनको मधेश प्रदेश ब्यूरो प्रमुखमा संदिप यादव नियुक्त

User Image Prime TV News ५२ मिनेट अगाडि
Image of प्राइम टेलिभिजनको मधेश प्रदेश ब्यूरो प्रमुखमा संदिप यादव नियुक्त

काठमाडौ । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय युवा सञ्चारकर्मी सन्दिप यादव प्राइम टाइम्स टेलिभिजनको 'मधेश प्रदेश ब्यूरो प्रमुख'मा नियुक्त भएका छन् ।

प्राइम टेलिभिजनका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले यादवको कार्यक्षमता र लगावको कदर गर्दै यादवलाई मधेस प्रदेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएका हुन् । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६, पथरा बुधराम निवासी यादव विगत ८ महिनादेखि प्राइम टेलिभिजनमा लोकप्रिय कार्यक्रम 'नागरिक आवाज'को प्रस्तोताका रूपमा कार्यरत थिए ।

सो कार्यक्रम मार्फत जनताका समस्या र समसामयिक मुद्दाहरूलाई सशक्त रूपमा उठाउन सफल भएपछि संस्थाले यादवलाई थप जिम्मेवारी प्रदान गरेको हो। पत्रकारितासँगै प्राज्ञिक क्षेत्रमा पनि दख्खल राख्ने यादव कानूनका विद्यार्थी हुन्। कानुनका विद्यार्थी समेत रहेका यादव यस अघि स्पेस फोरके टेलिभिजनमा ३ वर्षसम्म कार्यक्रम प्रस्तोताको रूपमा थिए ।

४ देखि टेलिभिजन पत्रकारिताको अनुभव र कानूनी शिक्षाको जगमा उनले अब मधेश प्रदेशमा प्राइम टेलिभिजनको उपस्थिति र समाचार सङ्कलनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। नवनियुक्त ब्यूरो प्रमुख यादवले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा अध्यक्ष ऋषि धमला र प्राइम टेलिभिजन परिवारलाई धन्यवाद दिँदै मधेश प्रदेशका आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।