मनाङ २ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
Prime TV News १० महिना अगाडि 
काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता निवेदन दिनुपर्ने जनाएको छ।
दर्ताका लागि निवेदन भदौ १९ देखि २५ गतेसम्म आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा दिन सकिनेछ। यसअघि मनाङ प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पर्ने प्रदेशसभा क्षेत्र नं २ को सिट रिक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो।







