डा.गोविन्द केसीले अनसन तोडे
Prime TV News एक बर्ष अगाडि 
काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आज अनसन तोडेका छन्। उनले कैलालीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस ग्रहण गर्दै दिउँसो अनसन तोडेका हुन्।
गत आइतबारदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको थियो। मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएको र मांसपेशी दुख्ने, बाउडिने लगायतका लक्षण देखा परेका थिए। तर, चिकित्सकको सल्लाहअनुसार थप उपचार लिन उनले अस्वीकार गरेका थिए।
डाक्टर केसीले निजी मेडिकल कलेजमा अनियमित रूपमा सिट वृद्धि गरिएको भन्दै विरोधस्वरूप सत्याग्रह सुरु गरेका थिए।







