नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। मंगलबारदेखि सुरु भएको बैठकमा पछिल्ला राजनीतिक परिस्थिती, पार्टीभित्रका असन्तुष्टि र संगठन विस्तारका विषयमा छलफल हुँदै आएको छ।

बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ । जसले आजको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ। सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ।

बैठकमा सरकारमा पार्टीको भूमिकाबारे समीक्षा गर्दै आगामी महाधिवेशनको तयारी, प्रदेश समितिहरूमा देखिएका विवाद, र स्थानीय संगठनहरू सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।