अमेरिकामा अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता, नेपाली परियोजनाको प्रगति र चुनौतीबारे चर्चा

User Image Prime TV News १० महिना अगाडि
Image of अमेरिकामा अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता, नेपाली परियोजनाको प्रगति र चुनौतीबारे चर्चा

काठमाडौ । अमेरिकामा भइरहेको विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।

भेटमा नेपालमा एडीबीको सहयोगमा सञ्चालन भइरहेका परियोजनाहरूको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

अर्थमन्त्री खनालले नेपालमा पूर्वाधार विकास, ऊर्जाक्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्रमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी साझेदारीको अपेक्षा व्यक्त गरेका छन्।

त्यस अवसरमा एडीबी अध्यक्ष कान्डाले नेपालका विकास योजनाहरूलाई समर्थन जारी रहने प्रतिबद्धता जनाउँदै परियोजना कार्यान्वयनमा देखिएका अवरोधहरू समाधानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए।