४५औँ विश्व खाद्य दिवस आज नेपालमा विभिन्न कार्यक्रमसहित मनाइँदै

User Image Prime TV News १० महिना अगाडि
Image of ४५औँ विश्व खाद्य दिवस आज नेपालमा विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौ । विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज नेपालमा पनि ४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र खाद्य सुरक्षासँग सम्बन्धित संघसंस्थाको सहकार्यमा दिवस मनाउने तयारी गरेको छ। यस वर्षको नारोस्वच्छखानासुखदभविष्यकालागिहातेमालोतय गरिएको छ ।

भोकमरीपीडित र खाद्य असुरक्षित समुदायको जीवनस्तर सुधार गर्न दिवसले प्रेरणा र सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । विश्व खाद्य दिवस सन् १९८१ देखि प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइँदै आएको हो।

सन् १९७९ मा संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले खाद्य तथा कृषि संगठन (एफएओ) स्थापनाको सम्झनामा यो दिवस मनाउने निर्णय गरेको थियो।