पूर्व केन्द्रीय सचिव गणेश साहले माओवादी छोडे

User Image Prime TV News १० महिना अगाडि
Image of पूर्व केन्द्रीय सचिव गणेश साहले माओवादी छोडे

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व केन्द्रीय सचिव गणेश साहले पार्टी परित्याग गरेका छन्।

पार्टीभित्रको असन्तुष्टि, नेतृत्वप्रति विश्वासको अभाव र संगठनात्मक निष्क्रियताले थिचिएका साहले अन्ततः पार्टी छाड्ने निर्णय लिएका हुन्। उनले पार्टी छाडेको पुष्टि गरेका छन्, यद्यपि स्पष्ट कारण भने खुलाएका छैनन्।

साह लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्। उनले पार्टीभित्रको नीति, कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विभिन्न अवसरहरूमा आलोचना पनि गर्दै आएका थिए।

उनको यो निर्णयले माओवादी केन्द्रभित्रको आन्तरिक संकटलाई झनै उजागर गरिदिएको छ। उनको पार्टी परित्यागसँगै माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरणको बिषयलाई थप दवाव सिर्जना गरेको छ ।  माओवादीले आगामी म‌ंसीरमा महाधिवेशन गर्ने निर्णय गरेसंगै केन्द्रीय समिति बिघटन गर्दै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरि सकेको छ ।