लुटतन्त्र जोगाउन कांग्रेस र एमाले मिलेर सरकार बनाए : नेता महत्तो


काठमाडौ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभएपनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए ।
उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको भन्दै संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको बताए । अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अव देशलाई जोगाउन सवै एकठाँउ आउनुपर्ने बेला आएको धारणा राख्दै नेता महत्तोले ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको टिप्पणी गरे ।
अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदाँ पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गरे ।