एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

User Image Prime TV News १० महिना अगाडि
Image of एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

काठमाडौ । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए ।

एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । पराजयसंगै नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ ।

नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ । शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ भने भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ । लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ ।