सरकारद्वारा राजनीतिक नियुक्तिका राजदूतहरू फिर्ता गर्ने तयारी, मन्त्रिपरिषद बैठकमा छलफल

User Image Prime TV News १० महिना अगाडि
Image of सरकारद्वारा राजनीतिक नियुक्तिका राजदूतहरू फिर्ता गर्ने तयारी, मन्त्रिपरिषद बैठकमा छलफल

काठमाडौ । सरकारले अघिल्लो कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा राजनीतिक रूपमा नियुक्त गरिएका विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी थालेको छ।

मन्त्रिपरिषद्को आजको बैठकमा यस विषयमा औपचारिक छलफल हुने सरकारी बताइएको छ ।

भारत, अमेरिका, बेलायतसहित हाल १३ देशमा राजनीतिक नियुक्तिका राजदूतहरू कार्यरत छन्। तीमध्ये कतिपय अवकाशप्राप्त कर्मचारी पृष्ठभूमिका व्यक्तिहरू पनि रहेकाले सबैलाई फिर्ता बोलाउने कि केहीलाई निरन्तरता दिने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।