सरकारद्वारा राजनीतिक नियुक्तिका राजदूतहरू फिर्ता गर्ने तयारी, मन्त्रिपरिषद बैठकमा छलफल

User Image Prime TV News २ महिना अगाडि
Image of सरकारद्वारा राजनीतिक नियुक्तिका राजदूतहरू फिर्ता गर्ने तयारी, मन्त्रिपरिषद बैठकमा छलफल

काठमाडौ । सरकारले अघिल्लो कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा राजनीतिक रूपमा नियुक्त गरिएका विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी थालेको छ।

मन्त्रिपरिषद्को आजको बैठकमा यस विषयमा औपचारिक छलफल हुने सरकारी बताइएको छ ।

भारत, अमेरिका, बेलायतसहित हाल १३ देशमा राजनीतिक नियुक्तिका राजदूतहरू कार्यरत छन्। तीमध्ये कतिपय अवकाशप्राप्त कर्मचारी पृष्ठभूमिका व्यक्तिहरू पनि रहेकाले सबैलाई फिर्ता बोलाउने कि केहीलाई निरन्तरता दिने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।