डा. शेखर कोइरालाद्वारा कांग्रेसको महाधिवेशनको माग: विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन जरुरी

User Image Prime TV News १० महिना अगाडि
Image of डा. शेखर कोइरालाद्वारा कांग्रेसको महाधिवेशनको माग: विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन जरुरी

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको नेतृत्व र संगठनात्मक ताजापनका लागि विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा लिखित धारणा राख्दै उनले विशेष महाधिवेशनको मागमा संकलित हस्ताक्षर अभियानलाई ऊर्जा भर्ने सकारात्मक प्रयास भने पनि सबै विवाद र नेतृत्वको नवीनीकरण नियमित महाधिवेशनबाट मात्र सम्भव हुने विश्वास व्यक्त गरे।

डा. कोइरालाले मङ्सिर २०८२ मा कांग्रेसले आफ्नो १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट माग राख्दै भने, “अन्य राजनीतिक दलहरू मङ्सिरमै अधिवेशनको तयारीमा छन्, हामी किन पछि पर्नुपर्छ?” उनले महाधिवेशन सफलतापूर्वक सञ्चालन गर्न महामन्त्रीले समयमै कार्यतालिका ल्याउनेमा विश्वास व्यक्त गर्दै आफ्नो पूर्ण समर्थनको समेत प्रतिबद्धता जनाए।

उनले पार्टीलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउने उदेश्यले मङ्सिर महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरे। यसअघि पार्टीभित्र विशेष महाधिवेशनको माग उठेको छ भने अर्कोतर्फ कतिपय नेताहरूले नियमित महाधिवेशनमा मात्रै नेतृत्व परिवर्तन र पार्टी पुनःसञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।