एमालेको केन्द्रीय समिति बैठक आज सकिदै हुँदै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठक आज अन्त्य हुँदैछ। तीन दिनदेखि जारी बैठकको अन्तिम दिन आज बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो करिब १५० जना केन्द्रीय सदस्यहरूले बोल्ने छन्। अझै करिब ५० जना नेताहरू आफ्नो धारणा राख्न बाँकी रहेको बताइएको छ। प्रत्येक वक्तालाई तीन मिनेटको समय सीमित गरिएको छ।
बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्न र सुझावहरूको एकमुष्ट जवाफ दिँदै बैठक समापन गर्ने कार्यक्रम छ।
ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमा आएका सुझावका आधारमा पार्टीको आगामी दिशा र रणनीतिबारे निर्देशन दिने तयारी भएको गौतमले जानकारी दिए।












