उपाधि लक्ष्यसहित नेपाल र सामाओ आमनेसामने

User Image Prime TV News २ महिना अगाडि
Image of उपाधि लक्ष्यसहित नेपाल र सामाओ आमनेसामने

काठमाडौ । नेपालको क्रिकेट टोली अहिले इतिहास लेख्ने नजिक पुगेको छ। विश्वकपमा त पुगिसक्यो, अब लक्ष्य छ उपाधि उचाल्ने।

ओमानमा भइरहेको इस्ट एसिया प्यासिफिक क्वालिफायरमा नेपाल सुपर सिक्समा एकदमै प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा छ। नेपालले बुधबार राति ओमानलाई ३८ रनले हराएपछि आत्मविश्वास चुलिएको छ।

अहिले सुपर सिक्समा नेपालको ८ अंक छ, जब कि ओमान र यूएई दुवैसँग ६६ अंक छन्। यूएईको यात्रा सकिएको छ, तर ओमान आज जापानसँग भिड्दैछ।

यदि ओमानले हार्छ भने नेपालले सामाओसँगको खेल खेल्नु अघि नै उपाधि सुनिश्चित हुन सक्छ। सामाओसँगको खेल साँझ ४:१५ बजे हुनेछ। सामाओ अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन, त्यसैले नेपालको जित सम्भावना अत्यन्त प्रबल छ।

यदि नेपालले अपेक्षित प्रदर्शन दोहोर्‍यायो भने, यो अपराजित यात्राको सुनौलो अन्त्य हुनेछ १० अंकसहित ट्रफी हात पर्नेछ ।