नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठक बिहान ११ बजेदेखि सुरु हुने तय गरिएको छ।

बैठक असोज २८ गतेदेखि सुरु भएको हो। पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए र त्यसपछि बिदा लिएका थिए।

त्यसपछिल्लो दिन २९ गते बुधबार बैठक बसेन। दोस्रो बैठक असोज ३० गते बिहीबार बसेको थियो। दोस्रो बैठकमा सात जना नेताले आआफ्ना धारणा राखेका थिए।

अधिकांश नेताहरूले नियमित महाधिवेशन समयमै गर्नुपर्ने र पार्टीभित्र संगठनात्मक सुधार आवश्यक रहेको सुझाव दिएका थिए।आजको बैठकमा पनि महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र सरकारमा कांग्रेसको भूमिकाबारे छलफल हुने अपेक्षा गरिएको छ।