मन्त्री पुनको बस्नेतलाई चेतावनी : तथ्य नबुझी हावा कुरा नगर

User Image Prime TV News २ महिना अगाडि
Image of मन्त्री पुनको बस्नेतलाई चेतावनी : तथ्य नबुझी हावा कुरा नगर

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझीकन बोल्न नहुने चेतावनी दिएका छन्।

एमाले नेता बस्नेतले 'गाडी र क्वार्टर नचाहिने मन्त्रीहरू पहिले नै सुविधा सम्पन्न हुन्छन्' भन्ने टिप्पणी गरेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत ती टिप्पणीको कडा प्रतिवाद गरेका हुन्।

बस्नेतले एक कार्यक्रमका क्रममा 'मलाई गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूको घर र गाडी पहिले नै तयार हुन्छ' भन्दै पुनमाथि व्यङ्ग्य गरेका थिए।

त्यसको जवाफमा मन्त्री पुनले भनेका छन्, 'महेश भाइ, मलाई क्वार्टर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ, देखाऊ।'

पुनले बस्नेतलाईतथ्य नबुझीकन धेरै हावा कुरा नगरभन्दै चेतावनी दिएका छन्। उनले थपे, 'म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभएजस्तो नगर है। तीनचार पटक त भेटेर कुरा पनि भएको थियो त यार।'