हमासले युद्धविराम उल्लंघन गरे गाजाभित्र पसेर आक्रमण गर्ने ट्रम्पको चेतावनी

User Image Prime TV News १० महिना अगाडि
Image of हमासले युद्धविराम उल्लंघन गरे गाजाभित्र पसेर आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहले युद्धविराम उल्लंघन गरे अमेरिकाले पनि गाजाभित्र पसेर आक्रमण गर्ने चेतावनी दिएका छन् । इजरायल हमासबीच युद्धविराम सम्झौता भएको तीन दिनमै ट्रम्पको यस्तो चेतावनी आएको हो ।

ट्रम्पले सामाजिक संजालमा लेख्दै यदि हमासले गाजामा सम्झौता तोड्दै मानिसहरूलाई मार्न जारी राखे तिनीहरूलाई भित्र पसेर मार्नबाहेक कुनै विकल्प नरहेको चेतावनी दिए । तर, हालको परिस्थितीमा अमेरिकी फौज प्रत्यक्ष रूपमा संलग्न नहुने पनि उनको दाबी छ।

उनले पछिल्ला दिनमा इजरायल हमासले सम्झौता तोडे पुन युद्ध सुरु गर्न अनुमति दिन सक्ने संकेत पनि दिए । इजरायली मृत बन्धकहरूको ढिलो फिर्तीका कारण हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएइको छ। सामाजिक संजालमा प्रतिक्रिया दिनुअघि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेको सीएनएनले जनाएको छ ।