बुडापेस्टमा ट्रम्प–पुटिन भेट हुने पक्का, युक्रेन युद्धविराममा छलफल हुने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी दुई साताभित्र हंगेरीको राजधानी बुडापेस्टमा उच्चस्तरीय भेटवार्ता हुने भएको छ।
दुई नेताबीच बिहीबार भएको टेलिफोन संवादपछि यो निर्णयमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हालसम्म औपचारिक मिति र समय सार्वजनिक गरिएको छैन, तर दुवै पक्षले वार्तालाई 'उत्पादक' भनेका छन्।
हंगेरीका प्रधानमन्त्री विक्टर अर्बानको पहलमा आयोजना हुन लागेको यस भेटवार्ताको मुख्य एजेन्डा सन् २०२२ देखि जारी युक्रेन–रुस युद्धको शान्तिपूर्ण समाधान खोज्नु रहेको बताइएको छ। ट्रम्पले यसअघि पनि हमास–इजरायल युद्धविरामका लागि मध्यस्थताको प्रयास गरेका थिए।
तिनै अनुभवका आधारमा अब युक्रेन संकट समाधानतर्फ उनको ध्यान गएको देखिएको छ। ट्रम्प–पुटिनबीच यसअघि पनि भेटघाट भइसकेको छ। तर बुडापेस्ट वार्ता विशिष्ट मानिएको छ। युक्रेन युद्धसँगै अमेरिका–रुस सम्बन्धका लागि नयाँ मोड हुन सक्ने आँकलन गरिएको छ । तर भेटवार्ताको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।







