मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक, ११ देशका लागि रहेका राजदूत फिर्ता
Prime TV News २ महिना अगाडि 
काठमाडौ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० वटा निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी, विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले जानकारी दिए।















