सर्वोच्च अदालतको अन्तरिम आदेश: जनमत पार्टी विभाजन तत्काल प्रभावहीन

User Image Prime TV News १० महिना अगाडि
Image of सर्वोच्च अदालतको अन्तरिम आदेश: जनमत पार्टी विभाजन तत्काल प्रभावहीन

काठमाडौ । जनमत पार्टीको विभाजनविरुद्ध अध्यक्ष डा. सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पार्टीको वर्तमान स्थिति यथावत राख्न आदेश दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि आदेश दिँदै पार्टी विभाजन सम्बन्धी अहिलेसम्म भएका निर्णयमा कुनै परिवर्तन नगर्न भनिएको हो।

अदालतको आदेशले पार्टी विभाजन प्रक्रियामा रोक लगाउँदै निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टी जनस्वराज पार्टीको वैधतामा प्रश्न उठाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, रिटमाथिको अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई उपस्थित गराई कात्तिक १७ गतेका लागि पेसी तोकिएको छ।

उक्त सुनुवाइपछि आदेशलाई निरन्तरता दिने वा खारेज गर्नेबारे निर्णय गरिनेछ।

यसअघि जनमत पार्टीभित्रको असहमतिको कारण पार्टीका केन्द्रीय सदस्य दीपक साहले पार्टी विभाजन गरी ‘जनस्वराज पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए।