देशभर स्थिर मौसम, उल्लेखनीय प्रणालीको प्रभाव छैन

User Image Prime TV News १० महिना अगाडि
Image of देशभर स्थिर मौसम, उल्लेखनीय प्रणालीको प्रभाव छैन

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

हाल देशको हावापानी स्थिर रहेको र सामान्य मौसमी अवस्था कायम रहेको विभागले जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईसहितका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

वर्षा वा कुनै असामान्य मौसमी गतिविधिको सम्भावना नरहेको स्पष्ट गरिएको छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।